लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मंगलबार प्रदेशसभा सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। यसअघि सोमबार उनीहरुले नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका थिए। विपक्षी गठबन्धनमा आवद्ध ३४ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो। […]