एमसीसीबारे देउवा : ‘देशको प्रधानमन्त्री हुँ, राष्ट्रघाती काम गरौँला त ?’

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको दाबी गर्नुभएको छ ।आज आइतवार माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन सत्रमा केही नेताले एमसीसी राष्ट्रघाती सम्झौता भनेकोमा आपत्ति जनाउँदै पहिला पढेर मात्रै टिप्पणी गर्न आग्रह गर्नुभयो ।‘राष्ट्रघाती भन्नेले एमसीसी पढेको छ कि छैन मलाई थाहा छैन । पहिले पढ्नुपर्‍याे नि । मैले पढेको छु, मैले त काहीँ राष्ट्रघात देखेको छैन । म पनि देशको ...