सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा स्कर्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ।आज दिउँसो मलंगवा नगरपालिका–४ शिवसागरचोक स्थित मलंगवाबाट नवलपुर जाँदै गरेको ना १ झ १७०० नम्बरको स्कर्पियोले ठक्कर दिँदा इश्वरपुर–१४ निवासी हीरालाल मण्डलको चार बर्षीय छोरा निशान्त मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।गाडीको ठक्करबाट घाइते भएका बालकको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदै गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन्।घटनामा संलग्न स्कर्पियो चक्रघट्टा गाउँपालिकाको नाममा