ओलीले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो, त्यसपछि चुनाव हराउनुभयोः बामदेव गौतम (भिडियोसहित)

काठमाडौं, ७ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउने भनेर आमनिर्वाचनमा बर्दियाबाट चुनाव हराएको आरोप लगाए । ‘मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो हो, मैले बनाउनुहोस् भनेको थिइनँ,’ गौतमले भने, ‘मलाई चुनाव हराउने केपी ओली नै हुनुहुन्छ ।’ आफूले कहिले यस्तो बनाउनुहोस् नभनेको बताए […]

सम्बन्धित सामग्री

सुर्य चिन्ह लिएर गए हार्छुः बामदेव गौतम

काठमाडौं, ३१ साउन । भेट्रान कम्युनिस्ट नेता बामदेव गौतम आज निर्वाचन आयोग पुगे । उनले त्यहाँ पुग्दा सञ्चारकर्मीको प्रश्नमा सुर्य चिन्ह लिएर चुनावमा जाँदा हारिने भएकाले गोलाकारभित्रको हँसिया हथौडा लिन लागेको बताए । गौतमले भने,‘म अलिे सूर्य चिन्ह लिएर गएँ भने हार्छु । जित्नका लागि म यसमा आएको छु ।’ उनले गठबन्धन नै चुनाव जित्ने […]

बामदेवको पार्टीमा ७ उपाध्यक्ष, १५ स्थायी कमिटी सदस्य

१४ असार, काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टी बहुपदीय हुने भएको छ । बामदेव गौतम संयोजक रहने गरी मंगलबार घोषणा भएको पार्टीमा सात जना उपाध्यक्षको व्यवस्था गरिएको छ । पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताएका हुन् । घोषणा अनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्ज बन्नेगरि ७ जना […]

बामदेव गौतम आउनुभएको छैन, पर्खिएर बसिरहेका छौं: जगनाथ खतिवडा

काठमाडौंः नेकपा एकीकृत समाजवादी पार्टी दर्ता प्रक्रियाको लागि निर्वाचन आयोगमा सनाखत भइरहेको छ। पार्टीका केही नेताहरू आउने क्रम चलिरहेको प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेता जगनाथ खतिवडाले जानकारी दिए। उनले आफूले ४१ ‌औँ नम्बरमा सनाखत गरेको समेत बताए। माधव नेपाल समुहले नेता बामदेव गौतम पनि निर्वाचन आयोग आउने अपेक्षा गरेको छ। तर…

बामदेव गौतम एमाले बैठकमा किन गएनन्

काठमाडौं, ८ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सार्वजनिक रुपमा माधवकुमार नेपाललाई साथ दिने भनेका छन् । तर, उनले एमाले छाडेको घोषणा गरिसकेका छैनन् । आधिकारिक रुपमा एमालेमै रहेका उनी आजको स्थायी कमिटी बैठकमा अनुपस्थित भए । गौतमले केही हप्ता पहिले बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएर निस्किएका थिए । […]

बामदेव गौतम हामीसँगै आउनुहुन्छः राजेन्द्र पाण्डे

काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजित भई बनेको नेकपा एमाले (समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डले बामदेव गौतम आफूहरुकै साथमा आउने दाबी गरेका छन् । उनले गौतम पनि नयाँ पार्टी बनाउने अभियानमा रहेको खुलाए । ‘बामदेव गौतम हामीसँगै आउनुहुन्छ,’ पाण्डेले भने । तर, विगतमा माधव नेपाल पक्षमा रहेका हस्ती नेताहरु नआएकोबारे सोधिंदा वार्ता भइरहेको बताए […]

सरकारले किनेर जमिनमा व्यक्तिगत स्वामित्व अन्त गर्नुपर्छः बामदेव गौतम

काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभामा बोल्दै उनले व्यक्तिगत स्वामित्व अन्त गर्नुपर्ने बताएका हुन् । ‘जमिनमाथि व्यक्तिको स्वामित्व रहेसम्म सुकुम्बासी समस्या रहिरहन्छ,’ गौतमले भने,‘जमिनमाथि व्यक्तिको स्वामित्व अन्त गर्नुपर्छ, व्यक्तिको भए सरकारले खरिद गर्नुपर्छ ।’ एकाथरी मानिसहरु जमिनमाथि स्वामित्वबाट प्रयोग गरी धनी […]

ओलीको बैठकमा बामदेव गौतम फेरि अनुपस्थित

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम फेरि अनुपस्थित भएका छन् । सामेबार दिउँसो तीन बजेपछि सुरु भएको बैठकमा गौतम अनुपस्थित भएका हुन्। गौतम आइतबारको ओली पक्षीय स्थायी कमिटी बैठकमा भने उपस्थित भएका थिए। पार्टीमा खासगरी माधवकुमार नेपाल पक्षसँग ओलीको विवाद सुरु भएपछि गौतम ओलीले डाकेका […]

बामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार र कपोलकल्पितः सचिवालय

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम उपप्रधानमन्त्रीसहित सरकारमा जाने समाचारको उनको सचिवालयले खण्डन गरेको छ। मंगलबार गौतमका स्वकीय सचिव दिपक टमटाले सामाजिक सञ्जालमार्फत गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ भनी प्रेषित समाचारमा कुनै सत्यता नभएको बताए। उनले यस्ता कपोलकल्पित समाचार गौतमको चरित्र हत्यामा संलग्न अपराधीक तत्वको दुष्प्रचार बाहेक अन्यथा केही नभएको जिकिर गरे।

एमालेको बैठकमा बामदेव गौतम सहभागी हुने

१८ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले छुट्टै अभियान चलाउँदै आएका छन् । तर अध्यक्ष […]