काठमाडौँ। नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा मनोनयन दर्ता गरेको छ। माओवादीकी सांसद विमला सुवेदीले समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी हुन्। सुवेदीको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती रहेका छन् भने समर्थकमा कांग्रेस सांसद रमेश लेखक, एमाले सांसद महेश बर्तौला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन्।