बिपीमा दैनिक चार सय बढीको ओपिडीमा उपचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ओपिडी सेवा सञ्चालनमा ल्याएपछि दैनिक ४ सय बढीले उपचार सेवा पाइरहेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ओपिडी सेवा ठप्प भएको र अन्य बिरामीले उपचार नपाउँदा ज्यान गुमाउने खतरा बढेपछि स्वास्थ्य मन्त्रालयले ओपिडी सञ्चालन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि जेठ ६ गतेदेखि प्रतिष्ठानले ओपिडी सेवा सञ्चालनमा ल्याएको हो।