अब अस्ट्रेलिया जाने अन्तर्राष्ट्रिय यात्रुले काेराेना खाेप लगाएकाे पुष्टि गर्नु पर्दैन

अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुलाई कोभिड–१९ विरुद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ ।  अस्ट्रेलियाकाे गृह मामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतवार याे जानकारी दिएका हुन् । आउँदाे बुधवारदेखि अस्ट्रेलिया आइपुगेका यात्रुले खोप लगाएको पुष्टि गर्न अब 'डिजिटल प्यासेन्जर डिक्लरेशन' (डीपीडी) पूरा गर्नुपर्ने छैन । यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेस गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको ...