देउवाले सहमतिमै पदाधिकारी छान्ने

महाधिवेशन भएको २६ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी चयन गर्ने तयारी गरेका छन्। देउवाले सर्वसम्मत रूपमा पदाधिकारीको चयन गर्न लागेका हुन्। शुक्रबार बस्ने निर्वाचित केन्द्रीय सदस्यको बैठकमा देउवाले पदाधिकारी बनाउन नेताहरूको नाम प्रस्ताव गर्ने तयारी गरेका छन्। 'महामन्त्री शशांक कोइरालाको आग्रहमा सहमतिमै पदाधिकारी मनोनित गर्न सभापति राजी हुनुहुन्छ' देउवा निकट एक केन्द्रीय सदस्यले…

सम्बन्धित सामग्री

केन्द्रीय कमिटीबाट सहमतिमै पदाधिकारी टुङ्ग्याउँछौँ : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रले भर्खरै आफ्नो आठौं महाधिवेशन सम्पन्न गरेको छ । माओवादीले पहिलोपटक पार्टी रुपान्तरणलाई मुख्य विषय बनाएर महाधिवेशन गरेको थियो । महाधिवेशन सम्पन्न भए पनि पदाधिकारीको टुङ्गो लगाउन बाँकी नै छ ।अर्कोतिर स्थानीय तहको निर्वाचनका बारेमा पनि वैशाखमा गर्ने कि पछाडि सार्ने भन्नेबारे बहस हुन थालेको छ । गठबन्धनको भविष्यबारे पनि प्रश्न उठिरहेको छ । यी यावत् विषयका अतिरिक्त कर्णाली प्रदेशको गठबन्धनमा देखिएको समस्या र आगामी कार्यदिशाका बारेमा रातोपाटीले पूर्व गृहमन्त्री तथा माओवादी पार्टीक

सहमतिमै नेतृत्व टुंग्याउने माओवादीको अन्तिम कसरत, स्थायी समिति जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वबारे छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ। महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा बैठक जारी छ। सहमतिमै पदाधिकारी र केन्द्रीय सदस्य हलबाटै घोषणा गर्ने तयारी गरिरहेका छन्। नयाँ विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पु

माओवादी महाधिवेशन : सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी

नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ भने निर्वाचन कार्यतालिकासमेत संशोधन गरेको छ । शनिबार साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट

माओवादीको मतदाता नामावली सार्वजनिक : को को परे ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ ।  विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने

माओवादीको पदाधिकारीमा सहमति जुटाउन प्रज्ञा भवनमा स्थायी समिति बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो । आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो । गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ । समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्र

पदाधिकारी र केन्द्रीय सदस्यको सूची बोकेर रिसोर्टबाट बाहिरिए केपी ओली

चितवनको पार्क सफारी रिसोर्टमा दिनभर पार्टीका विभिन्न नेतासँगको छलफलपछि दशौं महाधिवेशनबाट चयन हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर अध्यक्ष केपी शर्मा ओली बन्दसत्र आयोजना स्थलतर्फ प्रस्थान गरेका छन् ।केहीबेर अघि ओली रिसोर्टबाट सूची बोकेर बाहिरिएका हुन् । उनी बन्दसत्रमा सहभागी हुन प्रस्थान गरेका हुन् । सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको थिएन । ओलीले निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बन्दसत्रमा पेस गर्ने र बन्दसत्रले त्यसलाई अनुमोद

होटलको लबीमा आएर पृथ्वी सुब्बा गुरुङले भने– ९० प्रतिशत कुरा मिलिसक्यो

नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्ने विषयमा ९० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि होटलको लबीमा पत्रकारहरुसँग कुरा गर्दै उनले अध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको हकमा लगभग सहमति भइसकेको बताए ।उनले बाँकी रहेका विषयलाई पनि सहमतिमै टुङ्ग्याएर करिब एक घण्टापछि बन्दसत्र सुरु हुने पनि जनाकारी दिए । ‘सहमतिका लागि प्रयास जारी छ,’ उनले भने, &l

नेतृत्व चयन सहमतिमै हुन्छ : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले  सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । सचिव ज्ञवालीले भने, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ ।केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।’ केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो । महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी मह