३० वर्षदेखि एकै ठाउँमा कोइला हम्किँदैआएकी एक महिलाको कथा [भिडियो रिपोर्ट]

ललितपुरको ग्वार्कोस्थित आकाशे पुल आसपासमा पुग्नुभयो भने एक महिला कोइलाको भुङ्ग्रोमा हरियो मकै राखेर हम्किँदै गरेको भेटिन्छिन् । काठमाडौंमा यस्तो दृष्य नौलो त होइन, तर यी महिलाको कथा अलि फरक छ । नाम माया ।  घर धनकुटा । माइती झापा । ५ दिनको पिरतीलाई विवाहमा परिणत गर्दै माइतीबाट भागेको ३८ वर्ष पुगेछ । भागी विवाहपछि काठमाडौं छिरेकी उनी ३० वर्षदेखि मकै पोल्दै गुजारा गरिरहेको बताउँछिन् । उनका पती काठमाडौंमा गाडी चालक थिए । अचानक एक दिन सुतिरहेकै अवस्थामा हृदयाघातका कारण निधन भयो । त्यसको ६ वर्षपछि नै अर्...