पूर्वी नाकामा सुविधा सम्पन्न हेल्थ डेस्क स्थापना, परीक्षण गराएर मात्र सीमा वारपार गर्न पाइने

पुस २२, झापा । विराटनगर–काँकरभिट्टामा नवनिर्मित मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ बुधवारबाट सञ्चालनमा आएको छ । सुविधा सम्पन्न र वेडसहितको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ को नगर प्रमुख विमल आचार्यले उद्घाटन गरे लगत्तै सञ्चालनमा आएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख आचार्यले व्यानर पढेर उद्घाटन गरे । सबै सीमाक्षेत्रहरुमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्षदेखि ठाउँ ठाउँमा स्वास्थ्य केन्द्र, चौकीहरू स्थापना गरेको भन्दै नगरप्रमुख आचार्यले कहिले औलो नियन्त्रण र रोकथामका लागि त कहिले कालोज्वरो, कहिले दादुरा तथा कहिले पोलियोका लागि यस्ता संरचना तयार गरेको बताए । अहिले कोभिड १९ को पहिलो दोस्रो हुँदै ‘ओमिक्रोन’ समेतको संक्रमण सीमावर्ती बजारमा देखिएकाले र यो सम्वेदनशील समय र विषेश नाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था गरेको नगरप्रमुख आचार्यको भनाइ छ । कोभिडलगायत अन्य सरुवासहित महामारी रोग नियन्त्रणमा यो ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । यसलाई एउटा प्रारम्भीक उपचारको केन्द्रका रूपमा यो संरचना स्थापित भएको उनको भनाइ छ । यसको प्रयोग र यसनाकाबाट आवत–जावत गर्ने हरेक मानिसहरुलाई एकद्वार प्रणालीबाट आवत जावत गर्नका लागि नगरप्रमुख आचार्यले मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाको ध्यनाकर्षण गराए । सुरक्षा, राजस्व चुहावट, विभिन्न आपराधिक गतिविधिका हिसावले गर्दा जाने र आउने अलग अलग बाटो प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । उपप्रमुख मीना पोखरेल उप्रेतीले विभिन्न समयमा आउने विभिन्न खाले महामारी रोग नियन्त्रणमा नगरका सबै क्षेत्रले भूमिका खेल्न आवश्यक रहेको बताए ।  डेक्समा वेडको पनि व्यवस्था रहेकाले अन्य खालका बिरामीहरुले समेत प्राथमिक उपचार प्राप्त गर्न सक्ने बताए । उनले नगरपालिकाले यहिबाट कोभिड १९ विरुद्घको खोप समेत उपलब्ध गराउने भनाइ छ । मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य धनप्रसाद गुरुङलगयातले बोलेका थिए । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाको प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, विभिन्न दल, संघ संस्थाका प्रमुख प्रतिनिधिसहित उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । मेचीनगर नगरपालिकाको पहलमा नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करीब ५० लाख रुपैयाँको लागतमा हेल्थ डेक्सको कार्यालय निर्माणमा विनियोजन गरिएको हो । हेल्थ डेस्क निर्माणमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ ।

सम्बन्धित सामग्री

पाथीभरामा थप हेल्थ डेस्क स्थापना गरिँदै

पाथीभरा पदमार्गको दोबाटो पानी ट्याङ्की आसपासमा एक र तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा एक गरी दुई थप हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले बताए।

पाथीभरा जाने तीर्थालुलाई मध्यनजर गर्दै हेल्थ डेस्क स्थापना

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिस्थल पाथीभरा(मुकुम्लुङ) दर्शन गर्ने तीर्थालुको सम्भावित चापलाई मध्यनगर गर्दै हेल्थ डेस्क स्थापना गर्ने देखि सो क्षेत्रका होटलहरुमा आवास तथा खानाको सहुलियतपूर्ण मूल्य निर्धारण गरिएको छ।...

रोल्पाको सामुदायिक विद्यालयमा ३ बेडसहित हेल्थ डेस्क

१२ भदौ, रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयमा तीन बेडको हेल्थ डेस्क स्थापना गरिएको छ । रोल्पा सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले तीन बेड सुविधासहितको हेल्थ डेस्क स्थापना गरेको हो । हेल्थ डेस्कमा २ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । विद्यालयले आफ्नै स्रोतबाट तलब सुविधा दिने गरी एक जना नर्स नियुक्त गरेको छ । […]

कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

डोटी जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँ बढी भीडभाड हुने तथा प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ । दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो । उक्त डेस्कमा कोभिड–१९ परीक्षण, कोरोनाविरुद्ध खोप सेवा, परामर्श सेवा उपलब्ध गराइएको नगरप्रमुख मञ्जु मलासीले …

धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना

जनकपुर -तीव्रगतिमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणलाई मध्यनजर गर्दै भारतसँग जोडिएका धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतबाट सङ्क्रमित नेपाल भित्रिन सक्ने भन्दै सीमा जोडिएका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवा, खजुरी गाउँपालिकाको महुवामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । यसबाहेक धनुषाको नगराइनस्थित जटही नाकामा हेल्थ […]

‘विरामीकाे साथी’ हेल्थ डेस्क स्थापना

काठमाडौं । सेन्टर फर मेडिकल सपोर्ट संस्थाले ‘विरामीको साथी’ हेल्थ डेस्क स्थापना गरेको छ । स्वास्थ्य सम्बन्धी परामर्श दिने उद्देश्यले डेस्कको स्थापना गरिएको हो । स्वास्थ्य समस्यामा परेका नागरिकलाई डेस्कले परामर्श दिनुका साथै चिकित्सकको बारेमा जानकारी पनि गराउनेछ । विरामीलाई आवश्यक परेको खण्डमा कुरुवाको पनि व्यवस्था गर्ने संस्थाले जनाएको छ । यो अभियानको संस्कृति तथा […]

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस

सीमा नाकामा हेल्थ डेस्क स्थापना

गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस