प्रजनन अङ्गमा क्यान्सर भएका गण्डकीका महिलालाई ५० हजार

पर्वत : कोही पनि बिरामीले अबदेखि रगत किन्नु नपर्ने लोकप्रिय निर्णय कार्यान्वयन शुरु गरेको गण्डकी प्रदेश सरकारले क्यान्सरपीडित महिलाका लागि अर्को महत्त्वपूर्ण कार्यक्रम थालेको छ। प्रदेशका सरकारी वा निजी सबै अस्पतालमा निःशुल्क रगत दिन शुरु गरेको गण्डकी सरकारले प्रजनन अङ्गमा क्यान्सर भएका महिलाहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।प्रदेश सरकारले यो कार्यक्रमको घोषणा पहिले नै गरेको भए पनि अहिले कार्यान्वयनमा ल्याएको छ। यसका लागि चितवनको भरतपुरमा रहेको बिपी कोइराला