टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ । र, ओलम्पिक भिलेजमा खेलाडीहरु पुगिसकेका छन् । बिडम्बनाको कुरा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न थिए । यद्यपि, उनले ती व्यक्तिको राष्ट्रियता खुलाउन मानेनन् । यी व्यक्तिलाई अहिले भिलेजबाट हटाइएको छ । भिलेजमा हजारौं खेलाडी र पदाधिकारीहरु बसेका छन् । कोरोना भाइरस संक्रमण रोक्नका लागि भिलेजमा कडा मापदण्ड