सिनेमा हल, पार्टी प्यालेस, रंगशाला बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले भीडभाड हुने क्षेत्रहरू सिनेमा हल, पार्टी प्यालेस, रंगशाला र जिमखानालाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै भीडभाड हुने क्षेत्रहरू बन्द गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले देखापढीले बताए। जिल्लामा भने डिसीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्द गरिनेछ।