काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन्। सोमबार ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन्। उनले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असीमित आवश्यकताहरुलाई सीमित साधन स्रोतले पूरा गर्ने परिपाटी बसाल्नु पर्ने बताइन्। […]