काठमाडौं : मेलम्ची खानेपानी यही मंसिरभित्र काठमाडौँ उपत्यकामा आउने भएको छ। मेलम्ची खानेपानी विकास समितिले अहिले तीव्र रूपमा खानेपानी मुहानको माटो र ढुंगा पन्छाउने काम भइरहेको जनाएको छ।विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार अब बाढीले ल्याएको मुहानको माटो, ढुंगा हटाउने र पानी छिर्ने गेटको मर्मत गर्न बाँकी छ। ‘मुहानमा सफा गर्ने काम भइरहेको छ, अब त्यहाँ छिट्टै काम सकिन्छ। यो मंसिरभित्रमा त्यहाँको पानी काठमाडौं आउँछ’‚ उनले थाहाखबरसँग भने।वर्षायाममा ब