भन्सार छलेर ल्याएको १८ क्विन्टल तोरी पर्साबाट बरामद

पर्सा : भन्सार छली ल्याएको १८ क्विन्टल तोरी पर्साबाट बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ठोरी गाउँपालिका-४ गोपीबस्तीबाट शनिबार राति करिब साढे १० बजे १८ क्विन्टल ५० केजी तोरी बरामद गरेको हो।बरामद तोरीको मूल्य १ लाख ८५ हजार रहेको पर्साका डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए। उनका अनुसार बरामद तोरी आइतबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।