पाल्पा पहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो

पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानी हिउँदे खोला क्षेत्रमा खसेको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहीबार बिहान पहिरोले पुरिएर गम्भीर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको शुक्रबार राति लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।