बेलायतमा राजीनामा दिने मन्त्रीको सङ्ख्या ८ पुग्यो, प्रधानमन्त्रीप्रति भराेसा नभएकाे भनाइ

बेलायतमा राजीनामा दिने मन्त्रीको सङ्ख्या आठ जना पुगेको छ । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिएपछि सुरु भएको राजीनामा शृङ्खला बढ्दै आठ जना पुगेको बीबीसीले जनाएको छ । राजीनामा दिएका मन्त्रीहरूले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । तर प्रधानमन्त्री बोरिस जोनसनलाई बुझाएको भनिएको राजीनामा पत्र सार्वजनिक भएको छ । जसमा प्रधानमन्त्री जोनसानको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिएको छ । सुरुमा राजीनामा दिने अर्थमन्त्री ऋषि सुनकले बुझाउनुभएको राजीनामामा प्रधानमन्त्रीप्रति भरोसा नभएको र सरकारमा विश्वास गुम...