सीसी क्यामेराविहीन भयो बागलुङ बजार

५ पुस, बागलुङ । २०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सीसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सीसी क्यामेरा समयमै मर्मत सम्भार नहुदा काम नलाग्ने भएका हुन् । २०७५ सालमा २९ मध्ये १६ सीसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सीसी […]

सम्बन्धित सामग्री

सीसी क्यामेराविहीन बन्यो बागलुङ बजार

२०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सीसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सीसी क्यामेरा समयमै मर्मत सम्भार नहुदा काम नलाग्ने भएका हुन् । २०७५ सालमा २९ मध्ये १६ सीसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सीसी क्यामेरासमेत सञ्चालन नआउँदा जिल्ला […]

बागलुङ बजार सीसी क्यामेराविहिन

बागलुङ (अस) । बागलुङको मुख्य व्यापारिक केन्द्र बागलुङ बजार सीसीटीभी क्यामेराविहीन भएको छ । सात वर्षअघि बजारका विभिन्न क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिएर निकालेपछि बजार क्षेत्रमा पुनः जडान भएका छैनन् । २०७१ फागुनमा उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालयका सहकार्यमा राखिएका २९ ओटा क्यामेरा झिकेर उद्योग वाणिज्य संघको कार्यालयका राखिएको छ । बजार क्षेत्रमा क्यामेरा नहुँदा चोरी, लुटपाट लगायत आपराधिक क्रियाकलाप बढ्ने व्यवसायी बताउँछन् । ‘दिनदहाडै पसल बाहिरको कपडा निकालेर हिँड्छन्, चोर पत्ता लगाउन कठिन हुन्छ,’ बागलुङ नगरपालिका हल्लनचोकका फेन्सी पसल सञ्चालक जीवनाथ गौतमले भने, ‘अपराध नियन्त्रणका लागि सीसी क्यामेरा आवश्यक छ ।’ मर्मत गर्नुपर्ने÷नयाँ राख्नुपर्ने भएकाले पुराना सीसीटीभी क्यामेरा निकालिएको बागलुङ नगरपालिका–२ का वडासदस्य अर्जुन घिमिरेले बताए । बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र प्रहरीको सहकार्यमा जति सक्दो छिटो २० ओटा नयाँ क्यामेरा जडानका लागि प्रक्रिया शुरू भएको उनले जानकारी दिए । यसका लागि ३० लाख रुपैयाँ लागतको योजना तयार भएको उनले बताए । सीसीटीभी क्यामेरा जडान तथा सञ्चालनका लागि जिल्लास्थित सरोकारवाला निकायसँग सहकार्य भइरहेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । उद्योग वाणिज्य संघले बागलुङ महोत्सव आयोजनाबाट बचेको पैसाले सीसी क्यामेरा जडान गरेको थियो । बिग्रिएका क्यामेराको मर्मत गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत अटेर गरेपछि बजार क्षेत्र सीसी क्यामेराविहीन भएको संघका निवर्तमान अध्यक्ष जयराम भारीको भनाइ छ ।