माओवादी प्रदेश २ सम्मेलनको बन्दसत्र लालबन्दीमा सुरु हुँदै, तर अझै सुल्झिएन विवाद

जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो सम्मेलनको बन्दसत्र आजबाट सर्लाहीको लालबन्दी पार्टी प्यालेसमा सुरु हुँदैछ । माओवादीले प्रदेश सम्मेलनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा सम्मेलन नहुँदा बन्दसत्र हुन सकेको थिएन । आज बन्दसत्र सुरु हुन लागे पनि कतिपय पालिकाको विवाद समाधान नभएको बुझिएको छ । […]