बढ्दै व्यावसायिक केराखेती

उदयपुर । उदयपुरमा व्यावसायिक केराखेती बढ्दै गएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाका त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी नगरपालिकासहित उदयपुरगढी गाउँपालिकामा केराखेती विस्तार भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले यस नगरपालिकाको राजाबास, बगाहा, जोगिदह, खैजनपुर, साउने, खाँबु चुहाडे तथा श्रीपुर क्षेत्रलाई केरा जोन क्षेत्र नै घोषणा गरेर केराखेती विस्तार गरिएको हो । चौदण्डीगढी नगरपालिकाको हँडिया, सिवाइ, सुन्दरपुर, देवधार तथा बसाहा क्षेत्रलाई अहिले केरा जोनको रूपमा विकास गर्दै लगिएको नगरप्रमुख खगेन्द्रकुमार राईले पनि बताए । सबैभन्दा बढी केरा उत्पादन बेलका नगरपालिकाका भागलपुर, तपेस्वरी, पुरनदह, बानडाँडा क्षेत्रका साथै कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमवारे, मरुवा, हरैया, बेलस्रोतसहित क्षेत्रहरूलाई तीन वर्षदेखि केरा जोनको रूपमा विकास गरिएको सम्बन्धित नगरपालिकाले बताएको छ । पहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिकाको नेपालटार, दनुवारबँेसी, क्षेत्रलाई पनि चार वर्षदेखि केरा जोनको रूपमा विकास गरिएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन् । कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीका अनुसार २०७० सालसम्ममा त्रियुगा चौदण्डी, बेलका र कटारी नगरपालिकाका केही स्थानमा मात्र गरेर पचास हेक्टर जमिनमा मात्र केराखेती हुँदै आएकोमा २०७४ सालसम्म आइपुग्दा ९१ हेक्टर जमिनमा उत्पादन हुन थालेको थियो । २०७४ पछि भने जिल्लाका मुख्य चार नगरपालिकाहरू कटारी, त्रियुगा, बेलका, चौदण्डीगढीमा केराखेती विस्तार गर्दै केरा जोन तथा पकेट क्षेत्र समेत घोषणा गरिएको थियो । रासस

सम्बन्धित सामग्री

इलाममा धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

२५ फागुन, इलाम । व्यावसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए । ‘मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ,’ उनले भने, ‘प्रतिघरी रु सात सय […]

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

फिक्कल (इलाम)- व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए ।   'मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ', उनले भने...

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

इलाम । व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए। “मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ”, उनले भने “प्रतिघरी रु सात सय ५० सम्ममा घरैबाट […]

खाद्यबाली छाडेर केरा खेती

म्याग्दी– म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ । खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन् । स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ ।  एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन् । पाखोबारी, खोल्सा, कान्ला, डिल […]

गाउँभरि केरा खेती

एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ। धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए।...

मल अभावले झापाको केराखेती संकटमा

वैशाख ३, झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ ।  विगतमा ५० बीघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बीघाको केराखेती मासेको बताए । शुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती शुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।             विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बीघा जमीनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए ।             किसानहरु बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश सङ्ग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गरेका थिए । उनीहरुले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केराखेती शुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् ।             केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बीघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए ।              वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उनले गत वर्ष एकपटकसमेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ ।                   फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने सर्तबमोजिम  ५० लाख रुपैयाँ अनुदान लिएको थियो । उनले विसं २०६६/ ०७७ मा ३२ लाख रुपैयाँ र विसं २०७७/ ०८८ मा १३ लाख रुपैयाँ अनुदान प्राप्त भएको जानकारी दिए।             अनुदान लिने झन्झटिलो प्रक्रिया, समयमा मल नपाउनेलगायत कारण केराखेतीतर्फ किसानको आकर्षण घट्दो छ । ‘केराको बजार राम्रो छ, व्यापारीसम्म हाम्रो सिधै पहुँच पुग्दैन, ठेकेदारमार्फत बेच्दा भने जस्तो दाम नै पाइँदैन, अनि कहाँबाट नाफा हुनु’, पराजुलीले निराश हुँदै भने । उनले चिनी चम्पा र मालभोग केराको खेती गरेका छन् ।            कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/ ०७८ मा जिल्लामा १ हजार ८०० हेक्टर क्षेत्रमा केराको व्यावसायिक खेती भएको बताएको छ । समयमा मल नपाइने, विभिन्न किसिमका रोग लाग्ने र मौसमी हावाहुरीले केराका बोट ढाल्नेलगायत कारण किसान मारमा परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत गणेश शिवाकोटीले जानकारी दिए ।।             उनले केरालाई जैविकसँगै रासायनिक मलको पनि आवश्यकता पर्ने तर समयमा नपाइने समस्याका कारण पनि किसान मारमा परेको जानकारी दिए । उनका अनुसार व्यावसायिक केराखेती गर्ने किसानले बाली बिमा नगर्दा प्राकृतिक प्रकोपका कारण क्षति भएका बेला उनीहरुले राहत नपाउँदा पनि ठूलो क्षति व्यहोरिरहेको देखिन्छ ।  उनले साना किसानले उत्पादन गरेको केरा विचौलियामार्फत बेच्नुपर्दा मारमा परेको बताए । रासस

केराखेतीबाट मनग्य कमाउँदै कञ्चनपुरका किसान

यसबाट वार्षिक रुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ ।

चालिस हजारको लगानीले डेढ वर्षमै दशलाख

गुल्मी । गुल्मीका एक युवाले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय समाजसेवी...

दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गर्नुभएको हो । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिए। लम्सालले हाल सात बिगाहा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराको बिरुवा लगाउनुभएको छ र…

दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

दाङ।यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् ।  तुलसीपुर–१६ बैचपुरका