कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता, आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने आदेश दिन एमाले नेता कार्कीको माग

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आज बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ । सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दिनुभएको हो । सर्वोच्चले कार्कीको रिट दर्ता गरेर भोलि बिहीवारका लागि पेसी तोकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदा सभाध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मतदान गर्नुभएको थियो । कार्कीले...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको सरकार गठन विवाद सर्वोच्चमा

गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट सम्झना केसीको वारेसमा रिट दर्ता भएको हो । रिटको प्रारम्भिक सुनुवाइ २८ चैत (बुधबार) का लागि तोकिएको छ । रिटमा सभामुखसमेतलाई गणना गरी सरकार गठनको प्रक्रिया अघि बढाइएकाले बदरको माग गरिएको छ । सभामुखको गैरसंवैधानिक कदमका कारण संविधानको धारा १६८(३) अनुसार आफू मुख्यमन्त्री नियुक्त हुन पाउने वैध अपेक्षा पूरा नभएको रिटमा जिकिर गरिएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सरकारमा सहभागी दलको समर्थन फिर्तासँगै मुख्यमन्त्री पाण्डे अल्पमतमा पर्नुभएको थियो । लगत्तै चैत २१ गते उहाँले राजीनामा दिनुभएको थियो । यस्तै सरकार गठनका लागि प्रदेश प्रमुखले चैत २७ गतेसम्मको समय दिएर आह्वान गर्नुभएको थियो । धारा १६८(२) अनुसार सरकार गठनका लागि आह्वान भएको थियो ।

कोशी सरकारविरुद्ध सर्वोच्चमा रिट, आइतवार सुनुवाइ हुने

काठमाण्डाै – कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितको टोलीले दायर गरेको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमलकुमार पौडेलले जानकारी दिनुभयो । रिटमाथि पर्सि आइतवार सुनुवाइ हुने भएको छ ।एमालेले सर्वोच्चमा दिएको रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको न...