काठमाडौँ । यस वर्षको दसैँ मनाउन करिब १८ लाखले काठमाडौँ उपत्यका छाडेका छन्। कोटेश्वर, नयाँ बसपार्क, कलङ्कीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ। अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरूको भनाइ छ। उपत्यकाबाट गाउँमा दसैँ मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्। दसैँका लागि गाउँघर […]