इन्फ्रास्ट्रक्चर बैंकद्धारा ८ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ । बैंकले अहिलेसम्मको मुनाफाबाट ८ दशमलव ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको साउन ४ गते बसेको संचालक समितिको बैठकले संचित नाफाबाट १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको  हो । गत आवमा बैंकले ६५ करोड ८५ लाख […]

सम्बन्धित सामग्री

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा

काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डको लाभांश घोषणा गरिएको छ ।   योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधवार (भदौ १३ गते) बसेको बैठकले आर्थिक वर्ष २०७९/८०का लागि एनआईबीएल प्रगति फण्डका इकाइधनीहरुलाई करसहित ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार यो योजनाका इकाइधनीहरूलाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरिएको क्यापिटलले जनाएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश घोषणा

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९-८०का लागि लाभांश घोषणा गरिएको छ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको […]

हिमालयन बैंकको लाभांश घोषणा

हिमालयन बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले […]

आरएसडिसी लघुवित्तको लाभांश घोषणा

आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९  को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।   हाल कम्पनीको चुक्ता पुंजी ८० करोड ५१ लाख ५५ हजार रहेको छ ।कम्पनीले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि कुल ११ प्रतिशतले हुन आउने ८ करोड ८५ लाख ६७ हजार बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,३७,८९,९५,८०६।- को ८ प्रतिशतका दरले हुने वोनश शेयर रु ११,०३,१९,६६४।- ( एघार करोड तीन लाख उन्नाईस हजार छ सय चौसट्ठी मात्र) र नगद लाभांश ( वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ ) ०.४२११ प्रतिशतले हुने रु ५८,०६,२९८।-( अन्ठाउन्न लाख छ हजार दुई सय अन्ठान्नब्बे मात्र) वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

विजय लघुवित्तद्वारा २१.०८ % लाभांश घोषणा

कात्तिक ३०, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ  । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्तापूँजीको २०  दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद गरी कुल २१ दशमलव शून्य ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो  । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

लक्ष्मी बैंकको लाभांश घोषणा

लक्ष्मी बैंक Laxmi Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

एचआईडिसीएलले गर्यो गत बर्षको लाभांश घोषणा, नगद र बोनस कति ?

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। कात्तिक १५ गते बसेको २४८ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा सेयरधनीहरुलाई दिने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशअनुसार ८ प्रतिशत बोनस सेयर रहेको छ भने ०।४२१ प्रतिशत नगद लाभांश रहेको छ। यस अवधिमा कम्पनीको चुक्तापुंजी १८ अर्ब ७ करोड रहेको छ। ८ प्रतिशत बोनस सेयर वितरण पश्चात एचआईडीसीएल को चुक्तापुंजी करिब १९ अर्ब ५६ करोड हाराहारी पुग्नेछ। प्रस्स्तावित लाभांश एचआईडीसीएल को आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात मात्रै सेयरधनीहरुमा वितरण हुनेछ।