एनआरएन विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सकहरुको सहभागिता रहने छ ।सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगा