प्रदेश योजना आयोगमा खड्का

कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ।

सम्बन्धित सामग्री

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

बाग्मती प्रदेश योजना आयोग उपाध्यक्षमा चालिसे

वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत छन् । चालिसेले […]

प्रदेश योजना आयोग र जनप्रतिनिधिहरूको निष्कर्ष - आर्थिक वर्ष वैशाखदेखि नै !

सात प्रदेशका नीति तथा योजना आयोग र प्रदेश/स्थानीय तहका जनप्रतिनिधिहरूले नेपालको आर्थिक वर्ष वैशाखदेखि नै शुरू हुनुपर्ने निष्कर्ष निकालेका छन् । हाल नेपालमा साउनदेखि आर्थिक वर्ष शुरू हुने गरेको छ । प्रदेश आयोग र जनप्रतिनिधिहरूले हाल अभ्यासमा रहेको आर्थिक वर्ष अवैज्ञानिक रहेकाले नेपाली क्यालेन्डरअनुसार वैशाखदेखि नै शुरू हुनुपर्ने निचोड निकालेका हुन्‌ । प्रदेश आयोगहरू र जनप्रतिनिधिका छाता संस्थाका प्रतिनिधिहरू सोमबारदेखि काठमाडौंमा ‘संघीय संरचनामा तहगत सरकारका योजना तर

लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीहरुलाई २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।...

योगेन्द्र शाहीद्वारा कर्णाली प्रदेश योजना आयोग सदस्यबाट राजीनामा

कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले आयोगको सदस्यबाट राजीनामा दिएका छन्। उनले असोज १ गते नै राजीनामा पठाएको भए पनि बीचमा सार्वजनिक विदा परेकाले सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाइएको छ।

कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह शुरु

कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्‍ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा प्रदेश राजधानी  वीरेन्द्रनगरमा शुक्रबारबाट दिगो विकास लक्ष्य सप्‍ताह कार्यक्रम शुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको  जानकारी दिए । सप्‍ताहको पहिलो दिन आज सर

लुम्बिनी प्रदेश : योजना आयोग उपाध्यक्षमा वामदेव क्षेत्री

बुटवल : लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे चयन भएका छन्। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई उपाध्यक्षमा चयन गरेको हो।क्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।  आयोगको २ मनोनीत सदस्यमा गुल्मी मुसीकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपूजन यादव चयन भएको  लुम्बिनी सरकारका प्रवक्ता कृष्‍णध्वज खड्काले जानकारी दिए।बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति पनि गठन गरेको छ। जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दि

योजना तर्जुमा दिग्दर्शन बनाउँदै प्रदेश योजना आयोग

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले योजना तर्जुमा दिग्दर्शन तयार गरिरहेको छ ।आयोगका उपाध्यक्ष केशरबहादुर साउदले आयोगले दिग्दर्शन तयार हुने चरणमा पुगेको बताए । प्रदेश योजना अयोगले योजना तर्जुमा किताबलाई केही दिनमै अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । सो क्रममा आयोगले योजना तर्जुमा दिग्दर्शनमा समेट्नका लागि सरोकारवालाहरुको सुझाव संकलन गरेको छ […]

प्रदेश योजना आयोग गठन प्रक्रिया अघि बढेन

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेश योजना आयोग गठनबारे प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश योजना आयोग नहुँदा प्रदेशको आन्तरिक मामिला...

कर्णाली प्रदेश योजना आयोग गठन

सुर्खेत – कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश योजना आयोग गठन भएको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०७५ स्वीकृत गरेसँगै  मुख्यमन्त्री शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गरिएको हो । योजना आयोगको अध्यक्षमा कृषि क्षेत्रका विज्ञ...