जापानका प्रधानमन्त्री फुमियो किशिदाद्वारा मन्त्रिपरिषद् विस्तार

जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा  भर्खरै  चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका  ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताका रूपमा परिचित छन् जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गतहप्ता मात्र सम्हालेका छन् ।सोमबारको संसद्को मतदानले उनलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो। सोमबारको अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिम