तराई मधेशमा आज चौरचन पर्व मनाइँदै

आज तराई मधेशको महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) मनाइँदैछ । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने सो पर्वलाई तराई मधेशमा निकै आस्थाको रुपमा लिइन्छ । तराई मधेसमा कृष्ण जन्मअष्टमीको १२ दिनपछि चौरचन पर्व मनाइन्छ । भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको

सम्बन्धित सामग्री

मिथिलामा आज चौरचन पर्व मनाइँदै

जनकपुरधाम । तराई/मधेसका जिल्लाहरूमा आज चौरचन पर्व मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मधेसको विशिष्ट पर्व हो । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने यो पर्व यसपटक तिथि फरक भएपनि हरितालिका तीजसँगै परेको छ । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले चन्द्रमालाई […]

मिथिलाञ्चलमा चौठचन्द्र पर्व मनाइँदै

जनकपुरधाम : तराई/मधेशका जिल्लामा आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ। विशेष गरी तराई जिल्लामा मनाइने यो पर्वमा साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउने गरिन्छ। भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको छ। यस पर्वमा चामल...