दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी : तारा एयर

तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो ।प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फे