प्रतिनिधि सभा विघटनविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दाेलनमा जान तयार छाैँ : डा. भट्टराई

अर्घाखाँची – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताउनुभएको छ ।  नेता भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश गृहयुद्धमा जाने बताउँदै प्राप्त उपलब्धिको रक्षाका लागि देशमा संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गणतन्त्रको रक्षाका लागि दलहरू एक भएर आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो ।  संविध...