इन्भेष्टमेन्ट बैंकको लाभांश परिमार्जन, बोनस दर बढ्यो

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्न प्रस्ताव गरिएको लाभांश दरमा सामान्य परिमार्जन गरेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार दर हेरफेर गरिएको बैंकले जनाएको छ  । बैंकले यस अघि ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । अहिले भने बैंकले कुल लाभांश १६ प्रतिशतबाट थप घट नहुने गरि बोनस दर बढाएर नगद लाभांश दर कम गरेको हो  ।  बैंकले अब हाल कायम चुक्ता पुंजीको १२.६११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.३८९ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत बितरण गर्ने प्रस्ताव गरेको हो  ।  कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार रहेको छ ।

सम्बन्धित सामग्री

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय पनि साधारण सभाले पारित गरेको […]

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यद्यपि, लाभांश भने राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको साधारण सभाले पारित गरेपछि सदस्यहरूमा वितरण हुनेछ ।  प्रस्तावित ४ प्रतिशतले हुन आउने ७३ करोड २३ लाख १ हजार ६५३ रूपैयाँ बराबरको बोनस सेयर बाँड्ने छ भने बैंकले १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रूपैयाँ नगद लाभांश वितरण गर्नेछ ।अघिल

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित...

एनआईबीएलका सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) को १५ औं साधारणसभाबाट सेयरधनीहरूलाई कूल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाले १२.६११ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ३.३८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको बैंकले जानकारी दिएको छ । साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूबारे छलफल

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.६११ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६० रहेको थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर ६ गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । हिमालयन बैंकसँगको मर्जर प्रक्रियाको कारण कम्पनीको कारोबार रोक्का रहेको छ। बैंकले  मङ्सिर १७ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । कम्पनीले आर्थिक वर्ष  ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १२.६११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.३८९ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत बितरण गर्ने प्रस्ताव गरेको छ ।   साधारणसभाले पारित गरेपछि उक्त लाभांश  लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार रहेको छ ।त्यस्तै सभामा  आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आषाढ ३१.२०७८ मा समाप्त भएको वर्षको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने,  बैंकको सहायक कम्पनी “एनआइबिएल एस क्यापिटल लि.” को आ.व. २०७७/०७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने प्रत्सव पेश हुने छ । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ (चार) जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ  ।साथै कम्पनीको प्रबन्धपत्रको दफा ५(क) मा संशोधन गरी बैंकको अधिकृत पूंजी वृद्धि गरी रु.१८ अर्ब ५० करोड पुयाउने,  सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस शेयर जारी गर्ने र सो गर्दा बैंकको जारी पूंजी तथा चुक्ता पूँजी समेत बृद्धि हुने हुँदा सो को लागि प्रबन्धपत्रको दफा ५(ख) र ५(ग) मा समेत संशोधन गरी जारी पूजी तथा चुक्ता पुंजी समेत वृद्धि गर्ने प्रस्ताव सभामा पेश हुने छ । बैंकले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्ति (acquisition) गर्ने वा एकआपसमा गाभिने (merger) प्रयोजनको लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारीपत्र (memorandum of understanding) मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकतिको लागि नेपाल राष्ट बैंक समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन (due diligence audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, तथा लेखापरीक्षकहरु नियुक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा प्राप्ति (acquisition) गर्ने वा एकआपसमा गाभिने (merger) संग सम्बन्धित प्रचलित कानन तथा निर्देशनहरु बमोजिम अपनाउन पने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु प्रा गरी अख्तियारप्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देश गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने छ। हाल इन्भेष्टमेन्ट बैंक , हिमालयन बैंकसंग मर्जर प्रक्रियामा रहेको छ ।विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताबिक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ।

वाणिज्य बैंकहरूको लाभांश : यस वर्ष शेयरधनीले पाएनन् दशैं खर्च

पूँजीबजारका लगानीकर्ताले चालू आर्थिक वर्षको लागेसँगै आफ्नो लगानीको प्रतिफल गणना शुरू गर्छन् । सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष अन्त्यसम्मको मुनाफाका आधारमा लाभांश वितरण गर्ने हुँदा लगानीकर्ताले कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरणलाई नै आधार मानेर आफ्नो लगानीको प्रतिफल गणना गर्छन् । वर्षभरिको लगानी प्रतिफल भिœयाउने समय भएकाले पनि अन्य बेलाभन्दा यो बेला लगानीकर्ता अझ बढी संयमित भएर कारोबारमा सहभागी भएको पाइन्छ । यतिबेला कतिपय सूचीकृत कम्पनीहरूले गत वर्षको मुनाफाबाट धमाधन लाभांश प्रस्ताव गरिरहेका छन् भने कतिपयले प्रस्तावित लाभांश पारित गरिसकेको अवस्था छ । गत वर्षको मुनाफाबाट हालसम्म सिनर्जी पावर, अरुण काबेली पावर, रुरु जलविद्युत् परियोजना, अपि पावर, ङादी ग्रुप र नेपाल ल्युब आयल लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश प्रस्ताव पारित गरिसकेका छन् । यी कम्पनीसँगै धेरैजसो म्युचुअल फण्डहरूले लाभांश प्रस्ताव गरी बाँडफाँटसमेत गरिसकेका छन् । प्रविधिको विकाससँगै पछिल्ला केही वर्षदेखि वार्षिक साधारणसभा सम्पन्न भएको दिनदेखि नै कतिपय कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्ने गरेका छन् । शेयर बजारमै लगानी गरी यसैबाट प्राप्त हुने प्रतिफललाई आम्दानीको स्रोत बनाएका लगानीकर्ताले भने दशैंअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरे आफूहरूलाई चाडपर्वमा सहज हुने जानकारी दिएका छन् । ३ दशकभन्दा बढी समय पूँजीबजारमै सक्रिय लगानीकर्ता डम्बरुबल्लब घिमिरेले यो वर्ष कुनै पनि वाणिज्य बैंकहरूले दशैंअघि वार्षिक साधारणसभा सम्पन्न नगर्दा खर्च जोहो हुन नसकेको गुनासो गरे । केही वर्षअघि कतिपय वाणिज्य बैंकहरूले दशैं, तिहारलाई लक्षित गरी लाभांश वितरण गरेको स्मरण गर्दै उनले यस वर्ष यो सम्भावना टरेको बताए । अर्का लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठ पनि दशैंअघि केही वाणिज्य बैंकहरूले लाभांश दिने आस रहे पनि त्यो निराशामा बदलिएको बताउँछन् । सूचीकृत कम्पनीहरूले चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था भएपछि कतिपय बैंकहरूले शेयरधनीलाई चाडपर्व लक्षित गरी समयमै लाभांश दिने गरेको उनी सुनाउँछन् । सूचीकृत सबै कम्पनीमा लगानी रहेकाले कुनै न कुनैबाट दशैंअघि लाभांश पाए खर्च टर्ने उनले बताए । यो समाचार तयार गर्दासम्म सूचीकृत २६ मध्ये ७ वाणिज्य बैंहरूले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । सिटिजन्स बैंक इन्टरनेशनल, माछापुच्छ«े बैंक, सानिमा बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंकले यस वर्ष दशैंअघि नै लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन् । यीमध्ये माछापुच्छे« बैंकले कात्तिक २६ गते वार्षिक साधारणसभाको मिति तय गरेको छ । माछापुच्छ्रे बैंकले उक्त सभा प्रयोजनका लागि कात्तिक ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक कलोजको आधारमा कात्तिक ४ गते बिहीवारसम्म कायम शेयरधनी मात्र बैंकको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले साधारणसभाको मिति हालसम्म तय नगरे पनि असोज २२ गते आगामी वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ । बुक क्लोजको आधामा असोज २० गतेसम्म कायम शेयरधनीले सिटिजन्स बैंकको प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । हालसम्म लाभांश सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये हिमालयन बैंकले सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको छ । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । हिमालयन बैंकसँगै मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि यो वर्ष कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ४ दशमलव ७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । यस वर्ष सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांशसहित कुल १७ दशमलव ८९ प्रतिशत, सिटिजन्स बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ८७ प्रतिशत नगद लाभांशसहित कुल १६ प्रतिशत, माछापुच्छ«े बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशसहित कुल १४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांशसहित कुल १३ दशमलव शून्य ६ प्रतिशत र कुमारी बैंकले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हालसम्म सार्वजनिक वाणिज्य बैंकहरूको लाभांशमध्ये कुमारी बैंकको लाभांश सबैभन्दा कम रहेको छ । यस वर्ष वाणिज्य बैंकहरूको लाभांश प्रस्ताव र साधारणसभाको मिति तयमा ढिलाइ हुनुको मुख्य कारण भदौ १५ गतेसम्मको नाफा गणना रहेको छ । यसअघि आर्थिक वर्ष सम्पन्न भएको मितिसम्म कायम मुनाफाबाट लाभांश वितरण गर्न सक्ने व्यवस्था रहेकामा यस वर्षदेखि भदौ १५ गतेसम्मको मुनाफालाई गणना गरेर लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, २ अर्ब ६० करोड वितरण गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको ११.२४ प्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७३ लाख २३ हजार ८ सय ३६ रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि ४.७६ प्रतिशतले हुन आउने ७७ करोड ३८ लाख ४८ हजार ८ सय ८४ रुपैयाँ  बराबरको नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार रहेको छ ।