अहिलेसम्मकै धेरै झन्डै १० अर्ब रुपैयाँको फलाम र स्टिलजन्य वस्तु निर्यात

काठमाण्डाै – नेपालबाट यो आर्थिक वर्षमा अहिलेसम्मकै धेरै फलाम र स्टिलजन्य वस्तुको निर्यात भएको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले स्टिलजन्य वस्तुको निर्यातमा आठ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेकाले यो वर्ष अहिलेसम्मकै धेरै निर्यात भएको हो ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् साउनदेखि जेठसम्म नाै अर्ब ८९ करोड ९६ लाख रुपैयाँको फलाम र स्टिलजन्य वस्तु निर्यात भएको छ । सबैभन्दा धेरै भारतमा नाै अर्ब १६ करोड ७६ लाख रुपैयाँको स्टिलजन्य वस्तु निर्यात भएको विभागले जनाएको छ । यस्तै रोमानिया र ताइव...