फोटोफिचर: पाँच वर्षमा आएको एक दिन

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहानदेखि देशभरका अधिकांश स्थानीय तहमा एकै चरणमा मतदान भइरहेको छ । मतदानका लागि शीर्ष नेता र स्थानीयहरु शुक्रबार बिहानै मतदानस्थलमा पुगेका छन् । आज संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ । बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ ।