सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

दोधारा चाँदनी : सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो। अनेरास्ववियुले समाजशास्त्रको छैटौँ सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजीको माग गर्दै एक महिनाअघि परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तालाबन्दी गरेको थियो। महिना दिनसम्म परीक्षा नियन्त्रक का

सम्बन्धित सामग्री

परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

महेन्द्रनगर (कञ्चनपुर), १५ भदौ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले समाजवादीनिकट अनेरास्ववियुका नेताले कार्यालयमा तोडफोड गरेका बताए । “घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ”, उनले भने, […]