मकवानपुरमा व्यवसायीको सहजताका लागि मोबाइल खाता

व्यवसायीहरुको सहजताका लागि वेदान्त टेक्नोलोजी प्रालिले मोबाइल खाता एप सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले हेटौँडामा पत्रकार सम्मेलनमार्फत व्यवसायिक कारोवारहरुलाई व्यवस्थित गरि मोबाइलमा नै राख्न मिल्ने गरि मोबाइल खाता एप्लिकेशन सार्वजनिक गरिएको हो ।‘मोबाइल हातमा, खाता साथमा’ भन्ने मुल नारासहित सो कम्पनीले परम्परागत खाता राख्ने प्रविधिलाई डिजिटल बनाउँदै व्यवसायीको हितका लागि मोबाइल खाता बजारमा ल्याएको सो कम्पनीका निर्देशक भरत सापकोटाले जानकारी दिए ।नेपालका लागि डिजिटल माध्यममा खाता रा