कालीगढ अभाव : बढ्यो सुनका गरगहनाको आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महीनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ । चैत महीनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो । चालू आवको ८ महीनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महीनामै आयात भएको छ । ८ महीना (साउनदेखि फागुनससम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महीनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ । कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरहगनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए । ‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् । वैशाखमा हुने विवाह कार्यक्रमका लागि माग बढ्दै गएपछि त्यसअनुसार सुनका गरगहना बनाउन सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसको असरले चैतमा सुनका गरगहनाको आयात ह्वात्तै बढेको हो ।’ सामान्यतया नेपालमा बन्न नसक्ने विदेशी डिजाइनका गरगहना आयात गरिन्छ । यसपटक नेपालमा कालीगढको अभाव भएपछि नेपालमै बन्ने डिजाइनका गरगहना पनि आयात गरिएको व्यवसायीहरू बताउँछन् । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५ करोड ६० लाख बराबरको गरगहना आयात भएको थियो । वार्षिक विन्दुगत आधारमा पनि सुनका गरगहनाको आयात १५० प्रतिशतले बढेको देखिन्छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको व्यवसायीहरू बताउँछन् । नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ । पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन थालेका छन् । फलस्वरूप सुनका गरगहनाको आयात बढ्न थालेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पनि सुनका गरगहनाको आयात अस्वाभाविक रहेको बताए । सरकारले यसलाई विस्थापन गर्नेगरी नीति ल्याउनुपर्ने उनको भनाइ छ । ‘सुनका गरगहना आयात गर्नुभन्दा काँचो सुन नै आयात गर्नु फाइदाजनक हुन्छ । यसका लागि सरकारले सही नीति ल्याउनुपर्छ ।’

सम्बन्धित सामग्री

१५ महिनापछि बढ्यो आयात

बजारमा वस्तुको मागसँगै निरन्तर घट्दै गइरहेको आयात व्यापारमा १५ महिनापछि सुधार आएको छ । बजारमा चाडपर्वकेन्द्रित माग बढेपछि आयातमा समेत वृद्धि भएको अर्थशास्त्रीहरूको विश्लेषण छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आयात अघिल्लो...

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

फर्निचर तथा काठको आयात बढ्यो

सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ। मुलुकमा डलर सञ्चितिको अभाव भइरहेका बेला काठ, फर्निचर तथा फर्निसिङ सरसामानको आयात बढेकाले मुलुकबाट आर्थिक वर्ष २०७८/८१ मा मात्रै करिब १८ अर्ब रुपैयाँ विदेशिएको छ। नेपालका वनजंगलमा उत्पादन भइरहेको काठजन्य सामग्री भने कुहिँदै गइरहेको छ।भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७९ मा सात अर्ब ४४ करोड ७८ लाख ७९ हजार रुपैयाँको काठ आयात भएको थियो। त्यसै गरी सोही अवधिमा फर्निचरजन्य सामग्रीको आयात भने

सुन आयात बढ्यो

सरकारले आयात नियन्त्रण गर्दा पनि सुन आयातमा भने उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा नेपालमा ३५ अर्ब ७७ करोड मूल्य बराबरको ४ हजार ६ सय ३१ किलो सुन आयात भएको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा २१ अर्ब २० करोड मूल्य बराबरको ३ हजार ३ किलो सुन नेपाल […]

औद्योगिक वस्तुको आयात घट्यो, उपभोग्य वस्तुको बढ्यो

काठमाडौं, बैशाख ४ । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ। तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको […]

रसुवागढी नाकाबाट आयात बढ्यो

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामाग्रीको आयात बढाईएको छ । नाकाबाट आयात बढाउन र चीनतर्फ निर्यातको व्यवस्था मिलाउनेबारे छलफल भए अनुसार यस साताबाट आयात बढाईएको हो । चिनियाँगढी नाकाबाट पाँच वटा थप गरि दैनिक चौध वटा गाडीबाट सामान आउन थालेको हो नाका पूर्ण रूपमा सञ्चालन गर्न नसकिएमा दैनिक आयात हुँदै आएको सामग्रीको मात्रा बढाउन नेपालतर्फबाट […]

दसैंमा उपभोग्य वस्तुको आयात बढ्यो

नेपालीहरूको महान् चाड दसैंमा उपभोग्य वस्तुको आयात ह्वात्तै बढेको छ। खाद्य वस्तु, लत्ताकपडादेखि घरायसी प्रयोगका सामानको आयात बढेको भन्सार विभागले जनाएको छ। यस्तै, पेट्रोल, डिजेल, एलपीजी ग्यास, गाडी, इलेक्ट्रोनिक सामान, सुनचाँदीको आयात पनि बढेको छ।  अघिल्लो महिनाको तुलनामा दसैंमा ७० प्रतिशतले आयात बढेको विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।  खाद्यन्न, लुगाकपडा, माछा÷मासुसँगै नयाँ गाडी र इलेक्ट्रोनिक सामानहरूको खपत बढ्ने गरेको छ। अरू समयभन्दा दसैंमा नयाँ सामान जोड्ने र मीठो खाने प्रचलन छ। यसले...

आयात–निर्यात दुवै बढ्यो

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड […] The post आयात–निर्यात दुवै बढ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ह्वात्तै बढ्यो मोटरसाइकल आयात ६

अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू. ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपा...

मोटरसाइकल आयात ६० प्रतिशतले बढ्यो

अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू. ३० अर्ब बाहिरिएको छ ।