संखुवासभा हत्याकाण्डको १० महिनापछि फैसला : चारजनालाई आजीवन कारावास

काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चारजनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चारजनालाई आजीवन कारावास सजाय सुनाइएको हो । जिल्ला अदालतका श्रेस्तेदार केदार गौतमका अनुसार बालिग नभइसकेका कारण हत्यामा संलग्न १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुईतिहाइ अर्थात...