पेटीएमको शेयरमूल्यमा ७० % ले गिरावट : संस्थापकलाई झट्का, अर्बपतिको सूचिबाट पनि बाहिर

चैत  २, नयाँदिल्ली(भारत) । भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको प्यारेन्ट कम्पनी वान  नाइन्टी सेभेन कम्युनिकेशनको शेयरमूल्य लगातार तल झरिरहेको छ । झण्डै एक वर्षअघि प्रारम्भिक शेयर निष्कासन(आईपीओ) गरेको उक्त कम्पनीको शेयरमूल्य  कीर्तिमानी रुपमा न्यून विन्दुमा घटिरहेको छ । अर्थात् कम्पनीको शेयरमूल्य मंगलवारको कारोबार दिनसम्ममा ७० प्रतिशतले घटिसकेको छ । गत वित्त वर्षको नोभेम्वर १८ मा आईपीओ निष्कासनपछि कम्पनीको शेयरमूल्यमा प्राथमिक चरणमा निक्कै नै उचारचढाव आएको थियो तर अहिले पनि घटिरहेको अवस्था छ । कम्पनीको शेयरमूल्य बम्वई स्टक मार्केट डेब्यूमा २७ प्रतिशतभन्दा धेरैले घटेको थियो । कम्पनीको शेयर प्रतिकित्ता २ हजार १५० भारुमा सूचीकृत भएको थियो । मंगलवारको कारोबार दिनमा नेशनल स्टक एसक्सचेञ्ज(एनएसई) मा कम्पनीको शेयरमूल्य ६३६ दशमलव १० भारतीय रुपया(भारु)  मा कारोबार भइरहेको छ । उता बम्वई स्टक एक्सचेञ्ज(बीएसई) मा भने कम्पनीको शेयरमूल्य ६९५ भारुमा कारोबार भइरहेको छ । यसरी हेर्दा कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता करीब १ हजार ६०० भारु गुमाइ सकेका छन् । कम्पनीको शेयर लगातार घट्नु तथा उत्साहजनक व्यापार गर्न नसकि उच्च घाटामा जानुलाई कतिपय बजार विश्लेषकहरुले अझै केहि समयसम्म लगानीकर्ताका लागि दवाव आइरहने बताएका छन् । उनीहरुका अनुसार कम्पनीको शेयरमूल्यमा दवाव र  व्यापार घाटा कायमै रहेमा यसको असर अल्पकालिन वा मध्यमकालिन लगानीकर्ताहरुमा पर्ने छ । कम्पनीको अधिकृत पूँजी ६१ हजार ७९६ दशमलव ६९ करोड भारु रहेको छ । संस्थापक विजय शेखर शर्मालाई झट्का, अर्बपतिबाट पनि बाहिर कम्पनीको शेयरमा जारी गिरावटका कारण कम्पनीका संस्थापक विजय शेखर शर्मालाई झट्का लागेको  छ । उनी अहिले अर्बपति क्लवबाट पनि बाहिरिएका छन् । आर्थिक पत्रिका फोर्ब्सका अनुसार शर्माको कुल पूँजीकरण आईपीओ सूचीकृत हुनुपुर्व २ दशमलव ३५ अर्ब डलर रहेको थियो । तर अहिले आएर उनको पूँजी घटेर ९९ दशमलव ९ अर्ब डलर आइपुगेको छ । उक्त कम्पनीमा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्ट बैंकलगायतको लगानी रहेको छ । एजेन्सीको सहयोगमा यो पनि हेर्नुस् : पेटीएम ७७८ करोड रुपया नोक्सानीमा, पेटीएमबाट के शिक्षा लिने ?

सम्बन्धित सामग्री

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । आज बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से २.२३ अंक ९०.११ प्रतिशत) ले गिरावट भएर १९३७.७४ अंकमा बन्द भएको छ । आइतबार एकल अंकको वृद्धिपछि सोमबारबाट घटेको नेप्से लगातार चौथो कारोबार दिन बिहीबार पनि गिरावट भएको हो । नेप्सेमा गिरावट भएपनि विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, होटल तथा […]

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ११.९७ अंक (०.६१ प्रतिशत)ले गिरावट भएर १९३९.८८ अंकमा बन्द भएको छ । आइतबार सामान्य सुधार भएको नेप्से त्यसपछिको लगातार तीन दिनसम्म घटेको हो । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट हुँदा कारोबार रकम पनि […]

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दोहारो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १८.३० अंक (०.८९ प्रतिशत) ले गिरावट भएर २०३९.५४ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावटसँगै सबै उपसूचक पनि घटेको छ । अन्य उपसूचक २.२ प्रतिशत र वित्त कम्पनी उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । त्यस्तै […]

नेप्सेमा सामान्य गिरावट

काठमाडौँ । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक (०.३१ प्रतिशत) ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ । मंगलबार पनि एकल अंकको सामान्य गिरावट भएको नेप्से बुधबार पनि घटेको हो । नेप्सेसँगै अधिकांश उपसूचकहरुमा पनि गिरावट भएको छ । व्यापार, हाइड्रोपावर र लघुवित्त […]

नेप्सेमा १८ अंकको गिरावट

काठमाडौँ – सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेको छ। बिहीबार पनि नेप्से परिसूचकमा १८.२६ अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो। बिहान बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ। घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेर ४ सय १० […]

नेप्से परिसूचक ३० अंकले गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक गिरावट आएको छ। पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से आइतबार ३०.८९ अंक घटेर दुई हजार ५१३.४१ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स...

सातामा नेप्से परिसूचक २०.३ अंकले गिरावट

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ। अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ। यो साता चार दिन मात्रै कारोबार भएको छ। चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ। पछिल्लो दुई […]

साताको पहिलो दिन सेयर बजारमा गिरावट

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। आइतबार सेयर बजारमा ८८.७० अंकले गिरावट आएको छ। ८८.७० अंकले सेयर बजारमा गिरावट आउँदा नेप्से परिसूचक २ हजार ३६१.२७ विन्दुमा झरेको छ। आइतबार ७४ लाख ६० हजार ८७४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँको कारोबार भएको छ। […]

चियाको मूल्यमा गिरावट

झापा– नेपाली चियाको मूल्यमा गत वर्षको भन्दा करिब ४० प्रतिशत गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्यमा गिरावट आउँदा नेपाली चियाको मूल्यमा पनि गिरावट आएको हो। नेपाल चिया उत्पादक संघका वरिष्ठ सल्लाहकार चण्डी पराजुलीका अनुसार यस वर्ष तयारी सिटिसी चियाको मूल्य प्रतिकेजी १६० रुपैयाँ छ। जबकि गत वर्ष सिटिसी तयारी चिया २५० रुपैयाँदेखि ३०० सम्म […]

नेप्सेका सबै समूहमा गिरावट

काठकाडमौं। सेयर बजार परिसूचक ६३ अंकले घटेको दिन कारोबार भएका सबै समूहमा गिरावट आएको छ। आज साताको पहिलो दिन १३ वटै समूहमा गिरावट आएको हो। जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूहमा ३१० अंक, निर्जीवन बीमा समूह २७९ र विकास बैंक १६५ अंकले घटेको छ। यस्तै आज सबैभन्दा कम गिरावट म्यूचुअल फण्ड समूहमा ०.२ अंकको छ।