नेकपा (एमाले) ले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गर्दै राहत प्याकेज घोषणा गर्न माग गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एक विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको …