मंगलगढी-काँक्रेविहार सडक अलपत्र, ठेकेदारको धरौटी जफत

सुरुमा बाटो बनाइदेऊ भनेर आन्दोलन गरेका स्थानीय अहिले छिटो काम सम्पन्न गरिदिन माग गरिरहेका छन् । उनीहरुले प्रशासन घेरे, मन्त्री गुहारे, धर्ना बसे तर धुलो र हिलोबाट मुक्ति पाएका छैनन् ।

सम्बन्धित सामग्री

सडक अलपत्र पार्ने ठेकेदारको धरौटी जफत

निर्माणको जिम्मा लिएको सडक अलपत्र पार्ने ठेकेदारको धरौटी रकम जफत गरिएको छ । सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार पुग्ने मंगलगढी - काँक्रेविहार सडक वर्षौंदेखि अलपत्र पारेको भन्दै पूर्वाधार विकास निर्देशनालयले अमर-सिस्ने नेपाल-मेघा कम्पनीको धरौटी रकम जफत गरेको हो ।