विवाहपछिको नयाँ जीवन जिउनुका लागि राम्रो घर र जागिर होस् भन्ने प्रत्येकको चाहना हुन्छ । घर भएन भने भने बच्चा बच्ची हुर्काउन साँघुरो र अप्ठेरो हुन्छ । त्यसैले त बच्चा बच्ची जन्माउनु अघि वा जन्माइसकेपछि घरको महत्व अलि बढी नै हुन्छ । तर घर जग्गाको मूल्य महँगो भएमा उनीहरुको यो चाहनामा तुसारापात हुन्छ । त्यसैले जब सम्पत्ति बजारमा घर जग्गाको मूल्य बढ्छ, तब भाडामा बस्ने मानिसहरु कम मात्रै बच्चा जन्माउन थाल्छन् । यो निष्कर्ष अस्ट्रेलियामा भएको एक अध्ययनबाट देखा परेको हो । श