सामुदायिक भवन बनाउन १० लाख सहयोग

म्याग्दी, २६ कात्तिक: सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले अन्नपूर्ण युवा क्लबले बेँसीगाउँमा बनाउन लागेको भवनलाई बिहीबार सहयोग उपलब्ध गराएको हो । आयोजनाको प्रवद्र्धक सुपर घलेम्दी हाइड्रोपावर प्रालिका प्रबन्ध निर्देशक इञ्जीनियर मनप्रसाद कँडेल र […]

सम्बन्धित सामग्री

सामाजिक विकाससँग जोडिएका भवन बन्दै

बागलुङ । बागलुङमा चालू आर्थिक वर्षमा ८० वटा सामुदायिक भवन निर्माण हुने भएका छन् । चालू आवमा सम्पन्न गर्नेगरी सामाजिक संघसंस्था, मठमन्दिर तथा विद्यालय भवन निर्माण थालिएको हो । जिल्लाका १०ओटै पालिकामा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास कार्यालयको समन्वयमा ती भवन निर्माण थालिएको कार्यालय प्रमुख डम्मरबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ती भवन रू. ६ करोड ७० लाखको लागतमा बन्न लागेका हुन् । हालसम्म योजना गरिएकामध्ये ६० भवनको योजना सम्झौता भइसकेको जिसीले बताए । फागुन मसान्तसम्म बाँकी योजना सम्झौताका लागि समय उपलब्ध गराइएको उनको भनाइ छ । सानो बजेटबाट समुदायको बाक्लो उपस्थिति हुने ठाउँमा योजना छनोट गरिएको उनले बताए । जिसीले भने, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष मठमन्दिर बनाउने योजना धेरै छन् । साथै अन्य सामुदायिक भवन र विद्यालय भवनका योजना पनि छन् ।’ प्रदेशमा समाजिक विकास मन्त्रालयमार्फत आएका योजना पालिकाले कार्यान्वयन गर्ने बताउँदै नागरिकको माग र जनप्रतिनिधिले छनोट गरेअनुसार बजेट विनियोजन हुने गरेको उनले बताए । बागलुङ नगरपालिकामा सबैभन्दा धेरै २१ भवन बनाइँदै छ । रू. दुई करोड १० लाख लागतमा मानवअधिकार, एकल महिला समूह, आमासमूह, सामुदायिक प्रहरीको भवन बन्दैछन् । साथै मन्दिर मर्मत र पुनर्निर्माणका योजना पनि छन् । त्यस्तै बरेङ र तमानखोला गाउँपालिकामा सबैभन्दा कम तीन/तीन भवनको बन्दैछन् । यसका लागि रू. २० लाखका दरले रकम विनियोजन गरिएको छ । तमानखोलामा दुई सामुदायिक भवन र एक मन्दिर निर्माण हुँदैछ भने बरेङमा मन्दिर तथा विद्यालयको पर्खाल निर्माण गरिनेछ । जिल्लाको जैमिनीमा ६ योजनाका लागि रू. ४५ लाख, ढोरपाटनमा ८ योजनाका लागि रू. ४५ लाख, गलकोटमा ८ योजनाका लागि रू. ६० लाख, काठेखोलामा १२ योजनाका लागि रू. एक करोड ५२ लाख, ताराखोलामा ७ योजनाका लागि रू. ५५ लाख, बडीगाडमा ८ योजनाका लागि रू. ५५ लाख र निसीखोलामा ४ योजनाका लागि रू. २५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जिसीले जानकारी दिए । रासस

सामुदायिक भवन बनाउन वडा अध्यक्ष अन्सारीले गरे १० लाखको जग्गा दान

१६ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष डाक्टर अख्तर आलम अन्सारीले १० लाख रुपैयाँको जग्गा दान गरेका छन् । वडाको रामपुर टोलमा सामुदायिक भवन बनाउनका लागि जग्गा दान गरेका हुन् । उनले साबिक गाविस रामपुर खेस्राहाको कित्ता नं १४०२ र १४०४ को जग्गा खरिद गरेर सामुदायिक भवनको नाममा नामसारी […]

दर्ता नभएका धार्मिक वन समितिले ओगटे वनको सयौं हेक्टर जमीन

विराटनगर । दर्ता नभएका धार्मिक वन समितिले वनको सयभन्दा बढी हेक्टर जमीन अतिक्रमण गरी ओगटेका छन् । हरेक जाति र समुदायले धार्मिक वन बनाउने होडबाजी गरेसँगै मोरङको चारकोसे जंगल अतिक्रमण हुने क्रम बढ्दो छ । चारकोसे जंगलमा पाँच दर्जनभन्दा बढी धार्मिक वन स्थापना गरिएका छन् । तर तीमध्ये १२ ओटामात्र दर्ता भएका छन् । डिभिजन वन कार्यालय मोरङका अनुसार दर्ता भएका एक दर्जन धार्मिक वनले चारकोसे जंगलको साढे ४७ हेक्टर जमीन ओगटेका छन् । बाँकी दर्ता नभएका धार्मिक वनले सय हेक्टरभन्दा बढी जंगल क्षेत्र अतिक्रमण गरेको पाइएको छ । त्यसरी अतिक्रमण गरेर बनाइएको धार्मिक जंगलमा संघीय र प्रदेश मन्त्री तथा स्थानीय जनप्रतिनिधिले उपलब्ध गराएको बजेटले पूर्वाधार निर्माण समेत भएको छ । चारकोसे जंगल कागजी रूपमा ५५ हजार ५०० हेक्टरमा फैलिएको छ । तर भूसूचना प्रणाली तथा वन स्रोत सर्वेक्षणले तीन वर्षअघि सार्वजनिक गरेको नापी सर्वे प्रतिवेदनमा ४४ हजार ५४० हेक्टरमा सीमित रहेको देखाएको छ । डिभिजन वन कार्यालय मोरङका अनुसार विभिन्न १२ जातजातिले आप्mनो धर्म र जातका नाममा धार्मिक वन दर्ता गर्दा साढे ४७ हेक्टर चारकोसे जंगल अतिक्रमित भएको छ । कार्यालयका सूचना अधिकृत रामलखन ठाकुरका अनुसार थप चार दर्जनभन्दा बढी जाति र समुदायले धार्मिक वनका नाममा सय हेक्टरभन्दा बढी जंगल क्षेत्र ओगटेका छन् । त्यस्तै यो जंगलको ७८ हेक्टर क्षेत्रफल कबुलियत वनका नाममा उपभोग हुँदै आएको छ । मोरङका अधिकांश संघीय र प्रदेश मन्त्री तथा सांसदले चारकोसे जंगल अतिक्रमण गरेर बनाइएका धार्मिक वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि निर्वाचन क्षेत्र विशेष कार्यक्रम र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रकम उपलब्ध गराएको समेत पाइएको छ । संघीय पूर्वमन्त्री भानुभक्त ढकालले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बेलवारी–११ को चारकोसे जंगलको जमीनमा कुलुङ धार्मिक भवन निर्माणका लागि १० लाख र प्रदेश सभासद उपेन्द्र घिमिरेले लेटाङ–७ को जंगलको जमीनमा वराह मन्दिर तथा खेल मैदान निर्माणका लागि १० लाख, केराबारी–९ बेलचौरीमा तमु बौद्धिष्ट गुम्बा मर्मतका लागि ५ लाख विनियोजन गरेका छन् । अर्का सभासद् कुलप्रसाद सावाले उर्लाबारी–३ मा धिमाल विकास सामुदायिक भवन निर्माणका लागि १० लाख उपलब्ध गराएका छन् । सभासदहरू कृष्णकुमारी राईले पथरी–९ मा धिमाल महाराजा ग्रामथान निर्माणका लागि ५ लाख, शेखरचन्द्र थापाले कानेपोखरी–५ मा थापासिंह महाराजा ग्रामथान भवन निर्माणका लागि ५ लाख, लोकप्रसाद संग्रौलाले बेलवारी–११ मा किराँत यायोख्खा यलम्बर शालिक निर्माणका लागि ६ लाख, सूर्यमा राईले कानेपोखरी–५ मा ४० बिघे साकेला थान तथा डुमरी घाटको सारोन वटिष्ट चर्चको भौतिक संरचना निर्माणका लागि ८ लाख र बेलबारी–१० मा महाकाल शिवालय धार्मिक पर्यटकीय क्षेत्र पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार निर्माणका लागि १० लाख उपलब्ध गराएको पाइएको छ । त्यसैगरी राईले बेलबारी–८ मा सुकुना सिमसार तथा सिंहदेवी देवालय धार्मिक पर्यटकीय विकास एवं संरक्षणका लागि भौतिक संरचना निर्माण गर्न १५ लाख र अर्का सांसद राजकुमार ओझाले सुन्दर हरैचा–१० मा रिन्छेन छ्योली बौद्ध गुम्बा निर्माणका लागि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत रकम उपलब्ध गराएको जिल्ला समन्वय कार्यालयको तथ्यांक छ । वन ऐन २०७६ को दफा २८ अनुसार डिभिजन वन अधिकृतले परापूर्व कालदेखिको धार्मिक संस्था र त्यसको वरिपरिको वनको संरक्षणका लागि प्रचलित कानून बमोजिम स्थापित कुनै धार्मिक निकाय, समूह वा समुदायलाई उक्त क्षेत्र वरपरको राष्ट्रिय वन धार्मिक वनको रूपमा हस्तान्तरण गर्न सक्ने प्रावधान छ । तर त्यसभित्र भौतिक पूर्वाधार निर्माण गर्न पाइने प्रावधान छैन ।

गण्डकीका होमस्टे : वर्षमा दुई जना पाहुना राखेर १० लाख अनुदान !

११ भदौ, पोखरा । बागलुङको जैमिनी नगरपालिकाको मारुनी सामुदायिक होमस्टेले सामुदायिक भवन बनाउन भन्दै प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान लियो । स्थानीय तहबाट समेत थप १ लाख ५० हजार रुपैयाँ लिएको उक्त होमस्टेले कुल २५ लाख रुपैयाँमा सामुदायिक भवन बनाइरहेको छ । तर दुई वर्षसम्म पहिलो तलाको ढलान र दोस्रो तलाको पिलरमै सीमित छ […]

मनाङका स्थानीय तहमा पनि बेरुजू : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजू रकम देखिएको छ । यहाँका चारओटै पालिकामा बेरुजू रकम देखिएको छ । यो बेरुजू सबैभन्दा धेरै शिक्षा क्षेत्रमा रहेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो ।   नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८औं लेखा परीक्षण प्रतिवदेनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा सदरमुकाम चामे गाउँपालिकामा २ करोड २३ लाख ७५ हजार बेरुजू देखिएको छ । त्यसमध्ये असुल गर्नुपर्ने ७ लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २१ लाख ९३ र नियमित गर्नुपर्ने १ करोड ९४ लाख ४० हजार बेरुजू रहेको छ । सो प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा २ करोड १० लाख १४ हजार बेरुजू देखिएको छ । यसमध्ये असुल गर्नुपर्ने ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४८ लाख ६८ हजार र नियमित गर्नुपर्ने १ करोड चार लाख ५२ हजार र पेश्की १८ लाख बेरुजू देखिएको छ । महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ ।     मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा २ करोड ३५ लाख ७६ हजार अनियमितता भएको पाइएको छ । यसमध्ये असुल गर्नुपर्ने १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड ४ लाख २४ हजार, नियमित गर्नुपर्ने १ करोड १८ लाख ८१ हजार बेरुजू छ । गाउँपालिकाले विद्यालय अनुदानमा ३० लाख ३१ हजार ४३० खर्च गरेकोमा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ । नासोंको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ । त्यस्तै हालसम्म पनि सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा २ करोड ७३ लाख ६ हजार बेरुजू भएको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्ने २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड २ लाख ३० हजार, नियमित गर्नुपर्ने १ करोड ५० लाख ८ हजार बेरुजू देखिएको छ । गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजू संपरीक्षण गर्नुपर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औं प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ ।    प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलब, भत्तालगायत सुविधाका लागि वार्षिक १२ लाख ६५ हजार निकासा गर्दै आएको प्रतिवेदनमा पाइएको छ । यस्तै ङिस्याङ गाउँपालिकाअन्तर्गतको ङावल आधारभूत विद्यालयमा विद्यार्थी नै नभएको र विद्यालयका आठ स्थायी शिक्षकका लागि तलबभत्तालगायतका सुविधा दिइएको प्रतिवेदनमा पाइएको छ । शिक्षकको तलबभत्तासहितको सुविधाबापत गाउँपालिकाले वार्षिक ३५ लाख ८६ हजार निकासा गरेको प्रतिवेदनमा देखिएको छ । यी र यस्तै कार्यले गर्दा स्थानीय तहमा बेरुजू बढ्दो देखिएको हो । रासस

निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम ५० योजनामा

गोरखा नगरपालिका–९ को शिखर सामुदायिक भवन निर्माण गर्न १० लाख, वडा नं १० स्थित चाइनिज क्याम्पदेखि सिर्दीखोलासम्मको सडक निर्माणमा पाँच लाख र चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतिलाई चार लाख छुट्याइएको सांसद आर्चायले बताए ।