जनमत पार्टीका कार्यकर्ताद्वारा सरकारी गाडी तोडफोड, मेयर र उपमेयर घाइते

जनकपुरधाम। जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा सरकारी गाडी तोडफोड गरेका छन्। बाँसका भाटासहित आज प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका हुन्।