जग्गाको कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरितः सांसद सुब्बा

काठमाडौं, ६ वैशाख। प्रतिनिधि सभाकी सांसद सरस्वती सुब्बाले मन्त्रिपरिषद्को जग्गाको कित्ताकाट खोल्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। मंगलबार प्रनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सुब्बाले जग्गाको कित्ताकाट खोल्ने निर्णय देश र वर्तमान परिवेशको विपरित भएको दावी गरिन्। ‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ,’ उनले भनिन्।

सम्बन्धित सामग्री

देशको वर्तमान परिवेशविपरीत जग्गाको कित्ताकाट खोलियो : सांसद सुब्बा

प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेशविपरीत भएको  बताएका छन् ।