काठमाडौं : सत्ता गठबन्धन दललाई सिट बाँडफाँडको टुंगो लगाउन सकस भएको छ।शीर्ष नेताहरूले जिम्मा दिएको कार्यदलको बैठकमा जति डोरी बाटे पनि गाँठो एउटै भने जस्तै सिट संख्यामा कुरो घुमिरहेको छ। निर्वाचन आयोगमा दल दर्ता गर्न एक दिन मात्र बाँकी रहँदा गठबन्धनका दलहरूको गाँठो भने फुक्न सकेको छैन।२०७४ को समानुपातिकतर्फको मत र स्थानीय तह चुनावमा पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने बताएको गठबन्धनमा रहेका दलहरूको कार्यदलले दल दर्ता गर्ने समय सकिने एकदिनपछि पर्सि (बुधबार) फेरि छलफल गर्ने भाका राखे