उखु बेच्न चिनी मिल लैजाने तयारी

कञ्चनपुर, २६ पुस: शुक्लाफाँटा नगरपालिका( ३ का किसान खेतमा काटिएको उखु चिनी मिलमा बेच्नका लागि ट्र्याक्टरमा राखेर लैजाने तयारी गर्दै ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

सम्बन्धित सामग्री

मिल सञ्चालनमा आएपछि उखु तानातान

सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ।

सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ सुरु

सर्लाही– सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर […]

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेतीतर्फ आकर्षित

भजनी – बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए […]

घट्यो उखु खेती, चिनी मिल धमाधम बन्द हुँदै

सर्लाही - समयमा नै भुक्तानी नपाउने र पाए पनि लागत नउठ्ने समस्याका कारण उखु खेती घट्न थालेको छ । हरेक वर्ष भुक्तानीको समस्याका कारण उखु खेतीप्रति आकर्षण घट्न थालेको हाे। सरकारले  निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको हितमा नभएको कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । यो मूल्यमा किसानले उखु बिक्री गर्दा लागत मूल्य समेत नउठाउने उहाँको भनाइ छ । सरकारले यस वर्ष उखुको लागि उखुको समर्थ मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ कायम गरिएको छ । उखुको उत्पादन घट्न थालेसँग...

बजारको समस्याले कपिलवस्तुका उखु किसान चिन्तित

कपिलवस्तु । पायक पर्ने स्थानमा चिनी मिल नहुँदा कपिलवस्तुका उखु किसान समस्यामा परेका छन् । यहाँको श्री महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा स्थानान्तरण भएपछि उखु किसानहरूलाई असहज भएको हो ।  सुगर मिल नहुँदाको फाइदा

सक्खर उद्योगलाई कौडीको भाउमा उखु बेच्दै किसान

रौतहट : रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानहरू कौडीको मूल्यमा उखु सक्खर उद्योगलाई बेच्न थालेका छन्।नगदे बालीको रुपमा रहेको उखु बालीलाई अहिले कुनै बजार मूल्य नपाउँदा किसानहरु कौडीको मूल्यमा सक्खर उत्पादन गर्ने उद्योगलाई उखु बेच्न बाध्य भएका हुन्।सरकारले यसवर्ष ६ सय रुपैयाँ प्रतिक्विन्टल उखुको मूल्य निर्धारण गरेको भए पनि किसानहरुले अहिले सक्खर उद्योगलाई प्रतिक्विन्टल ३ सय देखि ४ सय रुपैयाँ सम्मका दरले उखु बेच्न थालेका छन्।चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखु कसैले खरिद गर

चिनी मिल बन्द हुँदा घाटा खाएरै सक्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य

रौतहटको एक मात्र चिनी मिल श्रीराम सुगर मिल्स बन्द भएपछि किसानले उत्पादन गरेको उखु अति कम मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेका छन् । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै...

अन्नपूर्ण चिनी मिल एक अर्ब रुपैयाँमा बिक्री

२२ मंसिर, काठमाडौं । उखु किसानको बक्यौता चुक्ता गर्न नसकेर बन्द भएको अन्नपूर्ण चिनी मिल बिक्री भएको छ । उद्योगी राकेश अग्रवालले आफ्नै व्यापारिक साझेदार ज्ञानप्रसाद भट्टराईलाई एक अर्ब रुपैयाँमा मिल बिक्री गरेका हुन् । कुल एक अर्ब रुपैयाँमा मिलको सम्पूर्ण स्वमित्व बिक्री गर्न सम्झौता भएको अग्रवालको पारिवारिक स्रोतले अनलाइनखबरलाई बतायो । ‘विविध कारणले मिल […]

सबभन्दा ठूलो चिनी मिल

केन्द्रीय उखु उत्पादक सहकारी संघले रू. १ अर्बको लगानीमा चिनी मिल स्थापना गर्न लागेको छ । यो मुुलुककै सबैभन्दा ठूलो चिनी मिल भएको प्रवद्र्धकको दाबी छ । यसको क्षमता वार्षिक २५ हजार क्विन्टल उखु प्रशोधन गर्न सक्ने क्षमता छ । केन्द्रीय उखु उत्पादक सहकारी संघले गत चैत २६ गते सहकारी विभागमा उद्योग दर्ता गरेको थियो । सहकारी संस्थाहरूले मिल स्थापना गर्न उद्योग सहकारी विभागमा दर्ता गरे पुग्ने व्यवस्था छ । केन्द्रीय उखु उत्पादक सहकारी संघले मेसिन खरिद कोटेशनका लागि रू. ४७ करोडमा विनियोजन गससकेको छ । नोवटा केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले चिनी मिलको शेयर खरिद गर्न लागेको हो । चिनी मिल सञ्चालनमा आएपछि दैनिक उद्योगभित्र १ हजार र उद्योगबाहिर पनि ५ सय जनाले रोजगारी पाउने बताइएको छ । संघले मिलको मेसिन खरिदको लागि सरकारसँग ५ प्रतिशत अनुदान मागेको छ । अरू चिनी मिलले पहिलो चरणमा चिनी र स्पिरिट उत्पादन गर्ने बताइएको छ । स्थापना हुन लागेको चिनी मिलको शेयर खरिदका लागि नेशनल ट्रेडिङ लिमिटेडले प्रस्ताव राखेको छ । उसले उत्पादित चिनी विक्री वितरणका लागि पनि सहकारीसँग प्रस्ताव गरेको छ । अहिले केन्द्रीय उखु उत्पादक सहकारी संघमा जिल्लामा र विषयगत गरी ३८९ सहकारी संघ दर्ता छन् । सिराहा, महोत्तरी, धनुषा र सर्लाहीका उखु उत्पादक सहकारीको अग्रसरतामा चिनी मिल स्थापना हुन लागेको हो । वर्ष ५, अंक ४४, २०६७, असार २१– २७