कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा काँग्रेसलाई

 स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली काँग्रेसलाई भएको छ ।गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार काँग्रेसको अवस्था बलियो भएको देखिन्छ । प्रारम्भिक मतपरिणामअनुसार काँग्रेस सबैभन्दा ठूलो देखिन्छ । काँग्रेसभन्दा बलियो रहेको एमाले यो स्थानीय तह निर्वाचनबाट धेरै कमजोर बन्ने