दाङमा विद्युतीय गाडीको माग बढ्दो

जिल्लामा पछिल्लो समय विद्युतीय गाडीको माग बढदै गएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय गाडीको माग बढेको हो । विद्युतीय गाडीको संख्या वृद्धिसँगै देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसन निर्माण हुने क्रम बढेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको छ । जिल्लामा सम्भवत यो पहिलो चार्जिङ स्टेसन हो […]