प्रचण्ड-नेपाल समूहलाई आमहड्ताल फिर्ता लिन आग्रह

काठमाडौं । व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्ड माधव पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै विहिबारका लागि देशव्यापी आमहड्तालको घोषणा गरेपछि व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।कोरोनाका कारण लामो समय बन्द रहेको ब्यापार व्यवसाय भर्रखरै चलायमान हुन थालेको बेला यस्ता बन्द हड्तालले झन ठूलो असर गर्ने भन्दै उनीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् ।