ठेक्का भएको लामो समयसम्म पनि निर्माण ढिलासुस्ती भएपछि बुटवल बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको मर्मत सम्भार र विस्तार गर्न युवा सङ्घ नेपाल रुपन्देहीले माग गरेको छ ।बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिँडडुलमा समेत समस्या उत्पन्न भएपछि युवा सङ्घ रुपन्देहीले आज सम्बन्धित कार्यालयहरूको ध्यानाकर्षण पत्र बुझाएको छ ।युवा सङ्घ नेपाल रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण